
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला सम्पर्क समिति सदस्यहरु मनोनयन गर्नुभएको छ ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५( ९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बास्तोला प्रमुख रहनु भएको नेपाली कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गनुर्भको विज्ञप्तिमा जनाइएको छ ।
मनोनयन गर्नु भएको छ । सभापति देउवाले मनोनित गर्नुभएका सदस्यहरुमा विमला नेपाली (दाङ) दिपक उप्रेती (झापा) जीतबहादुर घिमिरे (काठमाडौं)
रामेश्वर पौडेल (भक्तपुर) किरण पोखरेल (अर्घाखाँची) बद्री ढकाल (कैलाली) कमल काफ्ले (स्याङ्जा) रामप्रसाद ढकाल (धादिङ)
छिरिङ लामा (मुगु) र निशा पाण्डे काठमाडौं रहनु भएको छ ।