
स्वर्गीय लामालाई राष्ट्यि झण्डा ओढाउँदै अर्थमन्त्री डा. प्रकाशशरण महत तस्बिर सौजन्य ः रामजी पौडेल
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाअध्यक्ष तिलकबहादुर लामालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले राट्यि झण्डा ओढाएर अन्तिम बिदाई गर्नुभएको छ । अर्थमन्त्री महत आज लामालाई अन्तिम श्रद्धाञ्जली दिन रानीपौवा पुग्नु भएको थियो ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहनु भएका महतले स्वर्गीय लामालाई नेपाली कांग्रेसको झण्डा समेत ओढाउनु भएको थियो । लामालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली कांग्रेसका नेता तथा प्रदेश सभापति रामजी पौडेल, कांग्रेस नेताहरु श्रीराम ढुंगना,श्रीहरि ढकाल लगायतका नेता कार्यकर्ताहरुको समेत उपस्थित भएका थिए । अर्थमन्त्री महतले लामाको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको थियो ।
ककनी गाउँपालिका वडा नं २ बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका ४४ वर्षीय लामाको आज बिहान निधन भएको थियो । पछिल्लो समय उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य थिए । उनको निधनले सिंो ककनी शोकमा डुवेको छ ।