
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले असार १८ गते देखी मिति २०८२ असार २० गते सम्म भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले आज जारी गर्नुभएको सार्वजनिक अपिलमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट आज जारी भएको मौसम पूर्वानुमान बुलेटिनका अनुसार यस जिल्लामा पनि मिति २०८२ असार १८ गते देखी मिति २०८२ असार २० गते सम्म भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन भनी अनुरोध भएकोले भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरो जाने तथा खोला नालाहरुको बहाव बढ्न गई दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने हुँदा जोखिमयुक्त स्थान, खोला, खोल्सा खहरे नजिक रहनु हुनेले आवश्यक उच्च सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।
साथै रातको समयमा सकेसम्म सवारीसाधान सञ्चालन नगर्न र गर्ने परे आवश्यक सावधानी अपनाउँदै सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।
