
काठमाडौं । संघीय राजधानी काठमाडौं जिल्ला भित्रका सामुदायिक विद्यालयहरुको यस वर्षको एसईईको औसत नतिजा सार्वजनिक गरिएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई काठमाडौंले सार्जननिक गरेको नतिजा अनुसार काठमाडौंका २१ विद्यालयले शतप्रतिशत विद्यार्थी ,ग्रेडेड, अर्थात उत्तीर्ण गराउन सफल भएका छन् ।
झण्डै एक हजार विद्यालयहरु मध्ये औषत प्रतिशतका हिसावले राजधानीको तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा रहेको पृथ्वी माध्यमिक विद्यालय प्रतिशतमा पहिलो बनेको छ । पृथ्वी माविबाट ९८ जनाले एसईई दिएका थिए । पृथ्वीले ९८ जनामध्येमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयका प्रधानाध्यापक नारायाण काप्री शर्माका अनुसार उक्त विद्यालयलबाट परीक्षा दिएका विद्यार्थीहरुमध्ये ३६ जनाले ,ए प्लस, ल्याएका छन् । यस्तै ४२ जनाले ए ,१८ जनाले ,बी प्लस, र २ जनाले बी ल्याएका छन् । ए प्लस ल्याउने मध्येमा युनिका अधिकारी र सम्पदा सुवेदीले ३.९६ अंककासाथ विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
पृथ्वी माविको विद्यार्थीको संख्या र उत्कृष्ट नतिजालाई ग्रेडका रुपमा हिसाव गर्दा ३ .४६ हुन आउँछ । पृथ्वीमा काठमाडौंका विद्यालयहरु मध्ये सबैभन्दा धेरै ९८ जना विद्यार्थीलाई ,ग्रेडेड, गराउन सफल भएको छ । विद्यार्थी संख्याको हिसावले पहिलो भएपनि समग्र औषत संख्याको हिसावले भने दोस्रो हुन पुगेको छ ।
कुमारीगालमा रहेको श्रम राष्ट्रिय माध्यमिक विद्यालय दोस्रो बनेको छ ।तर उसले प्राप्त गरेको औषत प्रतिशत भने पृथ्वीको भन्दा धेरै छ । औषत प्रतिशतका हिसावले श्रम राष्ट्यि मावि पहिलो बनेको छ । पृथ्वीले काठमाडौंका विद्यालयहरु मध्ये सबैभन्दा धेरै ९८ जना विद्यार्थीलाई ,ग्रेडेड, गराउन सफल भएको छ ।कुमारीगालमा रहेको श्रम राष्ट्रिय माध्यमिक विद्यालय दोस्रो बनेको छ । औषतमा श्रम राष्ट्रिय माविले ३.५४७ प्रतिशत ल्याउन सफल भएको छ । उसले ७१ जना विद्यार्थीमा ७१ जनालाई नै ,ग्रेडेड गराउन सफल भएको छ । जसमा ३.६०देखि ४ जिपिएसम्म २७ जनाले ल्यान सफल भएका छन । यस्तै ३.२०देखि ३.७० सम्म ४० जना र ३.०९देखि ३.२० सम्म ४ जना रहेका छन् ।
५४७ प्रतिशत ल्याउन सफल भएको छ । उसले ७१ जना विद्यार्थीमा ७१ जनालाई नै ,ग्रेडेड गराउन सफल भएको छ । जसमा ३.६०देखि ४ जिपिएसम्म २७ जनाले ल्यान सफल भएका छन । यस्तै ३.२०देखि ३.७० सम्म ४० जना र ३.०९देखि ३.२० सम्म ४ जना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक नारायण नेपालले आफ्नो विद्यालय विगत वर्षहरुदेखि नै संघीय र प्रदेश तहमा उत्कृष्ट रहँदै आएको बताउनुभयो । नुवाकोट विदुर ४ का नेपालको विद्यालयलाई यो अवस्थामा ल्याउन महत्पूर्ण भूमिका रहँदै आएको छ ।यस्तै टंगाल मावि टंगालले ३.२७ अंक ल्याएको छ ।
नेपाल सरकारले ५० जना भन्दा बढि विद्यार्थी भएको विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको खण्डमा राष्ट्रिय स्तरबाट नै सम्मान गर्ने गरेको छ । यसरी हेर्दा पृथ्वीसहित बाल उद्धार मावि कपन, (८४ जना) , श्रम राष्ट्यि मावि कुमारीगाल (७१ जना) टंगाल मावि टंगालबाट (६४ जना),महेन्द्र बौद्ध मावि बौद्ध ( ५१ जना) विद्यार्थींलाई ग्रेडेड गराउँदै राष्ट्यि पुरस्कारको दावेदार बन्न सफल भएका छन् ।
अन्य २७ विद्यालयमा भने ५० भन्दा कम विद्यार्थी संख्या रहेका छन् । स्मरणीय छ, , पृथ्वी मावि र श्रम राष्ट्यि मावि गत वर्ष पनि बागमती प्रदेशको उत्कृष्ट विद्यालय बन्न सफल भएका थिए ।
पृथ्वीमा आधुनिक र सुविधासम्पनन भवनसहित विद्यालयमा झण्डै १७ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक शर्माले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । प्रधानाध्यापक काप्रीले शिक्षकहरुको मिहिनेत, अनुशाशित विद्यार्थी र व्यवस्थापन तथा स्थानीय सरकारको सहयोगका कारण विद्यालयले उत्कृष्ट ततिजा ल्याउन सफल भएको बताउनुभयो । उहाँले काम गर्ने इच्छाशक्ति भए असम्भव केही पनि नहुने भन्दै उत्कृष्ट नतिजाबाट हौसने भन्दा पनि यसलाई निरन्तरता दिन सक्नु नै ठुलो कुरा हुने उल्लेख गर्नुभयो ।