
खरानीटार(नुवाकोट) नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले इलाका प्रहरी कार्यालय खरानीटार कार्यालयको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।
आज शुक्रबार इलाका प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरूको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहमा पारदर्शिता तथा कानुन पालनाको क्रियाशिल हुन महत्वपूर्ण निर्देशनहरू दिनुभएको थियो। साथै जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भयो।

निरीक्षण पश्चात तादी गाउँपालिकाको सभाहलमा शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भएको थियो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तमान तामाड., उपाध्यक्ष सन्जु प्याकुरेलसहतिका अतिथिहरुको सहभागिता रहेको थियो ।
तस्बिर सौजन्य ः तस्बिर सौजन्य ः इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी सहायक निरीक्षक राजु केसी