
विदुर । जिल्ला सदरमुकाम समेत रहेको जिल्लाको विदुर नगरपालिकाभित्रका सामुदायिक विद्यालय मध्ये पिपलडाँडामा रहेको तीनधारे पिपलडाँडा माविले मात्रै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । सदरमुकाम भन्दा ६ किलोमिटर भित्री गाउँमा रहेको विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँँदा जिल्लाकै नाम चलेका अन्य विद्यालयले भने शतप्रतिशत उत्तीर्ण गराउन सकेका छैनन् ।विद्यालयका प्रधानाध्यापक रामहरि रिमालले नतिजा शतप्रतिशत आएकोमा खुशी व्यक्त गर्नुभयो ।
जिल्ला सदरमुकाम विदुर वडा नं २ मा रहेको पृथ्वी माविबाट परीक्षा दिएका विद्यार्थी मध्ये एक जना फेल भएपछि प्रतिशतका हिसावले पीपलडाँडा माविले जितेको हो । पिपलडाँडा माविबाट २० जनाले एस ईई दिएका थिए । सबै उत्तीर्ण भएका छन् । यस्तै विदरकै पृथ्वीले ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । तर पृथ्वीमा विद्यार्थीको संख्या र उत्तीर्ण जिपिए भने जिल्लाकै प्रथम मानिन्छ । तर यस पटक एक जनाको एनजी आएकाले पृथ्वी मावि प्रदेश र संघीय सरकारबाट पुरस्कृत हुने लिष्टबाट भने हट्ने भएको छ ।
सरकारले ५० जना भन्दा बढि विद्यार्थी भएको तर शतप्रतिशत उत्र्तीण गराउन सक्ने विद्यालयलाई पुरस्कृतको लिष्टमा राख्ने गरेको छ । यस्तै पिपलटारमा रहेको चन्द्रज्योति माविले ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । चन्द्रज्योतिबाट २१ जनाले एसईई दिएका थिए । जसमा २० जनामात्रै उत्तीर्ण भएका छन् । संस्कृत मावि देवीघाटले ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । उक्त विद्यालयबाट ४२ जनाले एसइई दिएकोमा ३९ जना उत्र्तीर्ण भएका छन् ।
यस्तै त्रिभुवन त्रिशूली माविले ८९ मा,८० जना उत्तीर्ण गराएको छ । बच्छदालेवी माविवले ८८ प्रतिशत उत्तीर्ण गराएको छ । बच्छलामा १५ जनाले परीक्षा दिएकोमा २ जनाको एनजी आएको छ । विदुरको भैरवी माविवले ८४ प्रतिशत उत्तीर्ण गराएको छ । भैरवीबाट १३ जनाले एसइई दिएका थिए ।
त्रिभुवन त्रिशूलीबाट ८९ जनाले एसईई दिएका थिए । जसमा ८० जना ,ग्रेडेड, भएका छन् । विदुरमा सबैभन्दा कम च्याडाी पब्लिक विद्यालयबाट ३१.११ र सेतीदेवीबाट ३१.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । च््वाडी जिल्लाकै पूरानो विद्यालयभित्र परेपनि उसको नतिजा खस्किएको छ । च्वाडीमा ४५ जनाले एसइई दिएकोमा १४ जना मात्रै उत्तीर्ण भएका छन् भने १६ जनाले परीक्षा दिएकोमा ५ जना मात्रै उत्तीर्ण भएका छन् ।
