प्रहरी जवान देवेन्द्र भण्डारी नुवाकोटमा जेठ महिनाकाे उत्कृष्ट प्रहरी घोषित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार १०:०४

प्रहरी जवान देवेन्द्र भण्डारी जेठ महिनाकाे उत्कृष्ट प्रहरी घोषित
नुवाकोट, असार १०— जिल्ला प्रहरी कार्यालय नुवाकोटले २०८३ साल जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ का रूपमा प्रहरी जवान देवेन्द्र भण्डारीलाई घोषणा गरेको छ।


गाेरखा जिल्लाकाे इलाका प्रहरी कार्यालय ठाटीपाेखरी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत भण्डारीले जिम्मेवारी निर्वाहका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।


प्रहरीका अनुसार भण्डारीले विभिन्न जघन्य तथा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले CDR, BTS विश्लेषण, CRS अभिलेख व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउ जस्ता कार्यमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।


यस्तै, म्यागङ गाउँपालिका–१ मा भएको दोहोरो हत्या घटनाको अनुसन्धानमा समेत सक्रिय भूमिका खेलेका भण्डारीले फरार अभियुक्तहरूको पहिचान तथा पक्राउ प्रक्रियामा महत्वपूर्ण योगदान दिएको कार्यालयले जनाएको छ।


उत्कृष्ट अनुसन्धान, सेवाग्राहीमैत्री व्यवहार र कानून कार्यान्वयनमा देखाएको सक्रियताको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनलाई जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो।


कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले भण्डारीलाई सम्मानित गर्दै यसले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *