
विदुर । नुवाकोट जिल्लाको पूरानो विद्यालय त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान पढ्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् ।
नेपाल सरकारको शिक्षा मन्त्रालयल विद्यार्थी विज्ञान प्रवद्र्धन विद्यार्थी कार्यक्रममा छात्रवृत्ति प्रदान गर्ने भएसँगै विज्ञान पढ्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यपाक महेन्द्र राउतले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यस्तै १० जना छात्रहरुका लागि निःशुल्क छात्रबासको व्यवस्था समेत रहेको छ । सरकारले १० जना छात्राहरुका लागि निःशुल्क छात्रबास र अध्ययन समेत निःशुल्क गरेको छ । मासिक ५ हजारका दरले सरकारले छात्राहरुलाई छात्राबासका लागि रकम प्रदान गर्ने छ । हामी १० जनासम्मलाई निःशुल्क बस्ने र पढ्ने व्यवस्था गर्न सक्छौं रावतले भन्नुयो ।
सामुदायिक विद्यालय नुमुना विद्यालय अन्र्तरगत विज्ञान विज्ञान प्रर्वद्धन कार्यक्रम अनुसार अध्ययन गर्न चाहाने सबै विद्यार्थीलाई निःशुल्क पढाईने प्रधानाध्यपाक रावले बताउनुभयो । उक्त कार्यक्रम अनुसार नुवाकोट जिल्लामा एउटा मात्रै विद्यालय छनोट भएको उहाँले बताउनुभयो ।
साथै ४ जिपिए ल्याउने विद्यार्थीले जुनकसुकै संकायमा भर्ना हुन चाहेपनि निःशुल्क पढ्न पाउने व्यवस्था विद्यालयले गरेको छ । नुवाकोट जिल्लाको पूरानो विद्यालय त्रिभुवन त्रिशूलीमा हाल ५सयभन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्षको एसइई परीक्षामा ८९ जनाले परीक्षा दिएका थिए । जसमा ९० जना ,ग्रेडेड, भएका छन् ।
भारत सरकारका सहयोगमा सञ्चालित बस त्रिशुली, कलोनी, हात्तीगौडा, वगुवा, राईसिङ्ग, कागुनढुङ्गे, हुदै पाण्डे गाउ, केउरिनी हदै सोही वाटो हुँदै विद्यालय गंगटे, ईनारपाटी, हावाघर, संगम चोक हदै सोही वाटो हुँदै विद्यालय रहेकाले विद्यार्थीहरुलार्य सहज हुँदै आएको