
बिदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित वडा नं १२ मा रहेको तिनधारे पिपलडाँडा माध्यमिक बिद्यालय विद्यार्थी, प्रधानाध्यपाक, शिक्षकलाई सम्मानित गरिएको छ । एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयका प्रधानाध्यपाक राहमरि रिमालसहित विद्यालयका शिक्षक तथा उत्तर्णि विद्यार्थीलाई सम्मान गरिएको हो ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा विषयगत शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो । एसईई २०८१ मा विदुर नगरपालिकाभित्रका सामुदायिक विद्यालय मध्ये उक्त विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । एसईई परीक्षामा उक्त बिद्यालयबाट २० जना बिद्यार्थी सहभागी भएका थिए ।
जिल्लामा औसत जिपिएमा पहिलो भएको पृथ्वी माविमा एक जना नन ग्रेडेड हुँदेगर्दा तीनधारराले शतप्रतिश विद्याथीृ उत्तीर्ण गराउन सफल भएको थियो । कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्वर १ का वडा अध्यक्ष लेनिन रंजित, वडा नम्वर १२ का वडा अध्यक्ष उपिन्द्र खड्काले बिद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।
विद्यालयले विद्यार्थीहरुलाई मायाको चिनोकासाथ खादासहितले सम्मान गरेको थियो । यस्तै शिक्षकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले शिक्षालाई बैज्ञानिक, गुणस्तरीय र जीवनोपयोगी बनाउन र नगरभित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धी गर्न नगरपालिकाले आवश्यक सबै उपाय अवलम्वन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख बोगटी, वडा नम्वर १ का वडा अध्यक्ष रंजित, वडा नम्वर १२ का वडा अध्यक्ष खड्का, शिक्षाबिद् चिरञ्जिवी भट्ट, बिद्यालयका प्रधानाध्यापक रामहरी रिमाल, नेपाल बिद्यार्थी संघ नुवाकोटका अध्यक्ष रामकृष्ण भट्टलगायतले शैक्षिक विकासका आयामहरुका बारेमा आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिषयगत शिक्षकहरु, कक्षा ५ र ८ को नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियो ।