
फाइल तस्बिर
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयबारे प्रधानमन्त्री ओलीले सदनलाई जानकारी गराउने कार्यसूची तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर असार २० गते स्वदेश फर्कनु भएको थियो । । प्रधानमन्त्रीले विदेश भ्रमणपूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ । सोही व्यवस्था अनुसार प्रधानमनत्रलिे सम्बोधन गर्ने कार्यसूचि रहेको बताइएको छ ।