प्रतिनिधि सभाको बैठक असार १२ गतेसम्म स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार १७:०८

काठमाडौं, असार १० – प्रतिनिधि सभाको बैठक बस्ने दिन र समय परिवर्तन गरिएको छ। संघीय संसद सचिवालयले बुधबार सूचना जारी गर्दै असार ११ गते बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने जनाएको हो।


प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक आगामी असार १२ गते शुक्रबार बिहान १ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ।


संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय द्वारा जारी सूचनाअनुसार बैठकको नयाँ मिति र समयबारे सांसदहरूलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको हो।


यसअघि निर्धारित समयमै बैठक सञ्चालन हुन नसक्ने भएपछि बैठक सारिएको जनाइएको छ। बैठक स्थगित हुनुको विशेष कारण सूचनामा खुलाइएको नभए पनि रास्वपा महाधिवेशन लम्बिएको कारण बैठक स्थगित गरिएको स्राेतले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *