
रसुवाको भोटोकोशी हुँदे आएको त्रिशूली नदीको बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । आज बिहानबाट आएको बाढीले नुवाकोट जिल्लामा पनि खतराको संकेत गरिसकेको छ । । यसैक्रममा बाढी आएको समयमा नदीमा दाउरा खोज्न गएका दुई जना दम्पत्ती नदीको बिचमा नै अड्किएका छन् ।
उनीहरु एउटा सानो रुखमा चढेर आफ्नो ज्यान गोगाईरहेका रहेका छन् । जिल्ला सदरमुकाममा नजिक रहेको नेपाली सेनाको हेलिकप्टरले उद्धारको प्रयास गरिरहेको छ तर सफल भएको छैन । हेलिकप्टर बस्ने स्थान र उद्धारका लागि आवश्यक सामाग्रीको जोहो गर्दा नै समय खेर गैरहेका छ ।
जिल्लाका राजनीतिक दल, नागरिक समाजदेखि जनप्रतिनिधिहरु समेत उद्धाका लागि छटपटाइरहेका छन् तर उनीहरुसँग पनि केही उपाय देखिदैन । बाढी यहि अवस्थामा आइरहेको खण्डमा रुख ढल्ने सम्भावना धेरै रहेको देखिन्छ । रुख ढलेको खण्डमा हेर्दा हेर्दा फेरि नेपाली नागरिकको जयान जाने निश्चित अवसथा बन्दै गएको छ । छिटो छिटो उद्धारको खाँचो छ ।