
विदुर । रसुवाको भोटोकोशी हुँदै आएको त्रिशूली नदीको बाढमिा फसेका दुई जनको नेपालीसेनाको हेलिकप्टरले उद्धा गरेको छ । नुवाकोट विदुरस्थित मैथली ब्यारेकमा रहेको नेपाली सेनाको हेलिकप्टरले सकुसल उद्धार गरेको छ । उनीहरु बाढी आएको समयमा दाउरा खोज्न नदीको किनारमा गएका थिए ।
तर उनीको बहाव बढ्दै गएपछि उनीहरु रुपमा चढेर जोगिएका थिए । झण्डै दुई घण्टा रुपमा अड्किएका थिए । नेपाली सेनाले दुईसम्म उद्धार गर्न नसक्दा जनआक्रोस बढेको थियो । तर नेपाल प्रहरी र नेपाली सेनाले सम्भव छ कि छैन भन्ने अनुमान गर्नमा नै समय विताएका थिए । आवश्यक व्यवस्थापनमा समस्या भएपनि नेपाल प्रहरी, नेपाली सेना र शसस्त्त प्रहरी , जनप्रतिनिधि सक्रिय रुपमा लागेका थिए । तर केही ढिलो गरि उनीहरुलाई सकुसल उद्धार गरेपछि भने आम नागरिकलाई सेनालाई ध्नयवाद दिएका छन् ।