
विदुर । नेपाली विद्यालय कर्मचारी परिषद्ले आफ्नो पेशाको ग्यारेन्टी, लतवमान कायम लगायतका सेवा सुविधाको विषयमा सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन नगरेको भन्दै विभिन्न संघ संगठनको समर्थनमा आज जिल्लाका सामुदायिक विद्यालयहरु बन्द गराएको छ । परिषद्ले गरेको निर्णयलाई नुवाकोट जिल्लमा कार्यरत शिक्षकहरुसँग आवद्ध घटकहरुका अध्यक्षहरुले विज्ञप्ति जारी गर्दै विद्यालय बन्दलाई समर्थन र सहयोगको घोषणा गरेका छन् ।
नेपाल शिक्षक संघका अध्यक्ष द्धारिका पाण्डे,नेपाल राष्ट्यि शिक्षक संगठन नुवाकोटका अध्यक्ष कृष्णप्रसाद उप्रेती,एकिकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटका अध्यक्ष बिनोद लामा , प्रगशित शिक्षक संगठनका नुवाकोट जिल्ला अध्यक्ष रामकृष्ण श्रेष्ठ र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष झंकनाथ सडौला(रामहरि)ले एक विज्ञप्ति जारी गरि परिषद्को आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विद्यालय बन्दको आह्रवान गर्नुभएको छ । संघ संगठनहरुको आह्रवान अनुसार जिल्लाका सबै सामुदायिक विद्यालय बन्द रहेको नेपाल शिक्षक संघका अध्यक्ष द्धारिका पाण्डेले जानकारी दिनुभयो ।

उहाहरुले जारी गर्नुभएको विज्ञप्तिमा परिषद्ले गत भदौ १ गतेदेखि विद्यालय बन्द गरेको स्मरण गराउँदै नेपाल सरकारको आग्रहपछि नेपाल शिक्षक महासंघको सहयोगमा परिषद्ले गरेको विद्यालय बन्दका कार्यक्रम स्थगित गरि वार्ता मार्फत शिक्षा मन्त्रालय कर्मचारीको माग सम्बोधन गर्न सहमत भई अर्थ मन्त्रालय पठाइएकोमा सघीय र प्रदेश संसदको निर्वाचनपछि सरकारसंगको वार्ताबाट समेत आगामी आर्थिक वर्ष २०८०,०८१ को बजेटमा कर्मचारीका मागहरु समावेश गर्ने कुरा सम्माननीय राष्ट्पतिले पेश गर्नुभएको निती तथा कार्यक्रममा समेत समावेश भएको तर जेठ १५ गतेको बजेटमा समावेश नगरिएको भन्दै सरकारको कार्यप्रति भत्र्सना समेत गरिएको छ । साथै विज्ञप्ति मार्फत जिल्लाका शिक्षक संघ संगठन र पशोगत घटहरुको विद्यालय कर्मचारीको जायज मागका विषयमा दवाव दिन आज एक दिन विद्यालय बन्दलाई सहयोग गर्न आह्रवान गरिएको छ ।
परिषद्ले यसअघि आफ्ना माहगरु सम्बोधन गराउनका लागि जेठ २१ गतेदेखि २६ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिइएको थियो । पेशागत घटकहरुको विद्यालय बन्दको निर्णयका कारण सामुदायिक विद्यालयमा अध्ययनरत हजारौ विद्यार्थीहरु आज विद्यालय जान पाएका छैनन् ।