
विदुर । नुवाकोट जिल्लाका एक समाजसेवीले आफ्नो सामाजिक सेवालाई फरक रुपले प्रस्तुत गर्नुभएको छ । नुवाकोट, जिल्लाको साविक मदानपुर गाविस हाल बेलकोटढी १३ स्थायी घर भई राजधानीमा बसोबास गर्दै आउनु भएका ७६ वर्षिया ईश्वर दास सिलवालले लिख गाउँपालिकाको वडा नं ४ मा रहेको बाहुन चौरातामा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितीलाई मृत्युपश्चात काजक्रियामा प्रयोग हुने सामान सहयोग गर्नुभएको हो ।
उहाँले समितिलाई किरिया पुत्री लाई चाहिने, झारी २ थान, शङख–२ थान ग्यास चुलो सेट–२ थान, राडी २ थान मण्डी–२ थान, सेतो कपडा–३२ मिटर कसौडी –२ थान पानी तताउने –२ थान, कराई २ थान डाडु–२ थान पन्यु २ थान गिलास – २ थान म्याट २ थान आदी सामान समितिका अध्यक्ष एक बहादुर खत्री लाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी धुर्व श्रेष्ठले सिलवाललाई मानिसको अन्तिम संस्कारका लागि प्रयोग हुने सामान सहयोग गरेर मानविय कार्य गरेको भन्दै बधाई दिनुभयो।
साथै आवश्यक परे लिखु गाउँपालिकाले पनि सहयोग गर्ने श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी रमेश खानेल, राम प्र खतिवडा, दिपक थापा, सावित्री पन्थ, विशेष अतिथि हेम प्रसाद थपलीया, रामचन्द्र अस्गती,लगायतका सामाजिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो । कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो। यसरी नै सिलवालले आफ्नो बृदभात्ता जोगाएर र आफ्ना सन्तानले दिएको केहि रकम जोगाएर यस्तै विभिन्न ठाउँमा सहयोग गर्दै आईरहनु भएको छ । उहाँले यस भन्दा पहिला पनि, गुरुकुल हरुमा, विभिन्न विद्यालयहरुमा पोशाक तथा कपी कलम, खाद्यान्न वितरण गरिरहनु भएको छ । उहाको यस्ता उदाहरणीय कार्यप्रति सबैले प्रशंसा गरेका छन् ।