
तस्बिर सौजन्य ः गोरखापत्र अनलाइन
विदुर । सत्तामा सहभागि बामपन्थी दलहरुबीच समाजवादी मोर्चा बनाउने विषयमा सहमति जुटेको छ । आज आइतबार बसेको चार पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि न्युनतम कार्यक्रमसहित समाजवादी मोर्चाको घोषणा गर्ने तयारी भएको हो । बालुवाटार स्रोतका अनुसार संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी भोलि सोमबार समाजवादी मोर्चा घोषणा गरिने छ ।
मोर्चामा माओवादी केन्द्र, एकिकृत समाजवादी, नेकपा माओवादी र उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी र डा. बबुराम भट्राईले नेतृत्व गर्नुभएको समाजवादी नेपाल समेत सहभागि हुने बताइएको छ । सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । समाजवादी मोर्चा बनाउने प्रयास विगत देखिनै हुँदै आएको थियो । एमाले समेतलाई सहभागि गराएर मोर्चा बनाउने योजना भएपनि एमाले भने त्यसमा सहभागि भएको छैन ।
उसले मोर्चाको विरोध गर्दै आफूले त्यसमा ध्यान नदिएको बताएको छ । समाजवादी मोर्चाको घोषणासँगै निकट भविष्यमा पार्टी एकता समेत हुने नेताहरुले बताउँदै आएका छन् । माओवादी अध्यक्ष दाहालको नेतृत्वमा रहेको सरकारको विकल्पका विषयमा नेपाली कांग्रेस र एमालेबीच छलफल भैरहेकाृ भन्ने चर्चाकाबीच समाजवादी मोर्चा बनाउँदै त्यसलाई काउन्टर दिने तयारी भएको राजनीतिक जानकारहरुको अनुमान रहेको को अनुमान रहेको छ ।