रास्वपा महाधिवेशन- दोस्रो चरणकाे निर्वाचन तयारी ,कुन कुन पदमा हुँदैछ चुनाव ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ११, बिहीबार १६:०२

काठमाडौं । रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी थालेको छ।

प्रवक्ता मनिष झाका अनुसार ४ बजेबाट दोस्रो चरणको निर्वाचन थाल्नेगरी आयोगले काम गरिरहेक

रास्वपाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन्।

दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुने प्रवक्ता झाले बताए।

१९ सदस्यीय पदाधिकारी रहेको रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना, ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था रास्वपाको विधानले गरेको छ।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २९५९ मत खसेको थियो। ४३११ प्रतिनिधिमध्ये रहेको रास्वपामा १३५२ जना मतदानमा अनुपस्थित भए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *