|
२०८३ असार १२, शुक्रबार ०७:५८
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ।
यसक्रममा उपसभापति पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन्। वाग्लेको उम्मेदवारीको प्रस्तावकमा अर्का नवनिर्वाचित केन्द्रीय सदस्य बिराजभक्त श्रेष्ठ रहेका छन्। श्रेष्ठले समर्थन गरेपछि वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि श्रेष्ठ स्वयं उपसभापति पदका आकांक्षी मानिएका थिए। तर, पछिल्लो आन्तरिक समीकरण परिवर्तनसँगै उनले आफ्नो दाबी छाड्दै वाग्लेको उम्मेदवारीमा प्रस्तावक बन्ने निर्णय गरेका हुन्।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि मनोनयन दर्तालगायत निर्वाचनका प्रक्रिया जारी रहेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्