रास्वपा पदाधिकारी चयनको मतदान सम्पन्न, १,२८९ मत खस्यो; आजै नतिजा सार्वजनिक हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १२, शुक्रबार १८:३६

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। चितवनमा जारी पार्टीको महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न मतदानमा कुल १ हजार २८९ मत खसेको निर्वाचन समितिले जनाएको छ।


यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा २ हजार ९५९ मत खसेको थियो। पदाधिकारी निर्वाचनमा भने मतदाताको सहभागिता उल्लेख्य रूपमा घटेको देखिएको छ।


निर्वाचन समितिका अनुसार मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ। आजै केहीबेरमा पदाधिकारी निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिने बताइएको छ।


रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ। पदाधिकारीको नतिजापछि पार्टीको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *