गगन थापा आज बेलकोटगढी आउँदै, कांग्रेस कार्यकर्तालाई भेटघाटमा सहभागी हुन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १३, शनिबार १०:३३

नुवाकोट : नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा आज बिहान ११ बजे नुवाकोटको बेलकोटगढी नगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आउने कार्यक्रम तय भएको छ।


उहाँले स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बेलकोटगढीले जनाएको छ।


पार्टीले सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई निर्धारित समयमा पार्टी कार्यालयमा उपस्थित भई भेटघाट कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
उक्त भेटघाट कार्यक्रमले स्थानीय संगठन सुदृढीकरण, समसामयिक राजनीतिक विषयमा छलफल तथा कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *