दाहाल प्रतिष्ठान नुवाकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न, गोकुल दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १३, शनिबार २०:०५

नुवाकोट, असार १३ — दाहाल समुदायको एकता, आपसी सद्भाव र सामाजिक उत्थानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ दाहाल प्रतिष्ठान नुवाकोटको प्रथम जिल्ला अधिवेशन शनिबार बेलकोटगढी नगरपालिका–८, जिलिङमा सम्पन्न भएको छ। अधिवेशनले गोकुलप्रसाद दाहालको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।


दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य कुमार दाहाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल विशिष्ट अतिथि रहनुभएको थियो। त्यस्तै समाजसेवी तथा पत्रकार शुकदेव दाहाल, उदयपुरका दाहाल प्रतिष्ठानकामा सदस्य तथा दाहाल प्रतिष्ठान नुवाकोटका लागि सहजकर्ता विनाेद दााहाल, चित्रकार समाजका अध्यक्ष, नेपाल समाजका उपाध्यक्ष नारायण नेपाल तथा पुडासैनी समाजका उपाध्यक्ष टिका पुडासैनी, बासुदेव दाहाल,नारायण दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार दाहालले दाहाल प्रतिष्ठान कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण दाहाल बन्धुहरूको साझा संस्था भएको बताउनुभयो। उहाँले प्रतिष्ठान दाहाल समुदायको हकहित, एकता, आपसी सहयोग र सामाजिक सेवाका उद्देश्यका साथ स्थापना भएको उल्लेख गर्दै आगामी दिनमा नुवाकोट जिल्लासँग समन्वय र सहकार्य गर्दै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।


विशिष्ट अतिथि शिवप्रसाद दाहालले लामो समयदेखिको प्रयासपछि नुवाकोटमा प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशन सम्पन्न हुन सकेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले केन्द्रीय प्रतिष्ठानले समन्वयकारी र सहजीकरणको भूमिका निर्वाह गरेकै कारण जिल्ला समिति गठन सम्भव भएको उल्लेख गर्दै प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्ने अभियान अघि बढेमा व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो।


अन्य अतिथिहरूले पनि नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै दाहाल समुदायलाई संगठित, सक्रिय र सामाजिक उत्तरदायी बनाउन प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।


अध्यक्ष गोकुलप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलकोटगढी–२, बेलकोटगढी–८, जिलिङ लगायत जिल्लाका विभिन्न स्थानबाट करिब १५० भन्दा बढी दाहाल बन्धुहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नुवाकोट जिल्लामा प्रारम्भिक अनुमानअनुसार करिब ३०० दाहाल परिवार रहेको जानकारी पनि दिइएको थियो।


अधिवेशनले गोकुलप्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा गोविन्दप्रसाद दाहाल, सचिवमा उमेश दाहाल, सहसचिवमा माधवप्रसाद दाहाल तथा कोषाध्यक्षमा अस्मिता दाहाल चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा रामेश्वर दाहाल, हरीप्रसाद दाहाल, नुर प्रसाद दाहाल, देवकी दाहाल, उमेश दाहाल, ( रालुका) भावना दाहाल र सावित्री दाहाल चयन भएका छन्।


त्यसैगरी लेखा समितिको संयोजकमा नुरप्रसाद दाहाल तथा सदस्यहरूमा सरोज दाहाल र रेखा दाहाल चयन भएका छन्। युवा समितिको संयोजकमा उमेश दाहाल तथा सदस्यहरूमा दिनेश दाहाल, कृष्णप्रसाद दाहाल, दिनानाथ दाहाल र भवानी दाहाल चयन भएका छन्। सल्लाहकार समितिको संयोजकमा शिवप्रसाद दाहाल तथा सदस्यमा शुकदेव दाहाल ,टेकनाथ दाहाल र अर्जुन दाहाललाई गरिएको छ।


अधिवेशनले दाहाल समुदायबीच आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै शिक्षा, सामाजिक सेवा, विपद् व्यवस्थापन तथा समुदायको समग्र विकासमा प्रतिष्ठानलाई सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *