
काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ स्थायी घर भएका राजेन्द्र पुडासैनी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा उनले अध्यक्ष पदका प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै बिजय हासिल गरेका हुन्।
आन्तरिक विवादमा रहेका गैरआवासीय नेपालीहरुलाई एकतावद्ध बनाउने उदघोष गर्दै चुनावी अभियानमा होमिएका पुडासैनीले आफ्नो जीतालाई एकताको सन्देश भन्दै संस्थालाई समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिवद्धता समेत जनाएका छन्। २५ वर्षअघि अधययनका लागि बेलायत गएका थिए । उनले प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स गरेका छन् र विगत १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत छन्।
विद्यार्थीकालदेखि नै सामाजिक तथा राजनीतिक रुपमा क्रियाशिल पुडासैनी एमालेको भातृ संस्था अनेरास्ववियुबाट सरस्वती बहुमुखी क्याम्पसको स्ववियू सभापति समेत बनेका थिए। पारिवारिक रुपमा नै राजनीतिमा रमाएका पुडासैनीको यो नेतृत्वदायी भूमिकाबाट एनआएन युकेले एकतावद्ध हुने अवसर पाएको उनका मततादाहरुले प्रतिक्रिया दिएका छन् । उनको जितसँगै नेपालमा समेत सामाजिक सञ्जालबाट बधाइको ओइलो लागेको छ ।