
आइतबार रसुवागढी क्षेत्रका स्थलगत अनुगमन गर्दै प्रमुख जिल्ला अधिकराी अर्जुन पौडेलसहितको चिनिायँ टोली, तस्बिर, जिल्ला प्रशासन कार्यालय रसुवा
साउन ११ बुधबार,रसुवा । गत असार २४ गते भोटेकोशीको सहायक नदी ल्हेन्देको बाढीले बगाएको मितेरी (सीमापुल) निर्माणको काम आजबाट सुरु गर्न लागिएको छ ।
चीनले बाढीले बगाएपछि अवरुद्ध भएको रसुवा–केरुङ नाका जोड्न ल्हेन्दे खोलामा आज (आइतबार)बाट बेलिब्रिज निर्माण सुरु गरेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नेपाल सरकारले स्वीकृति दिएसँगै चीन पक्षले आइतबारबाट निर्माणको काम थाल्ने जानकारी दिएको अधिकारीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । ‘तिब्बततर्फ यसअघि नै साइट क्लियरेन्सको काम भइरहेको थियो ।
बाढीले पुल बगाउँदा नाका अवरुद्ध भएपछि नेपाल सरकारले पुल निर्माण र नाका जोड्ने सडक पुनर्निर्माणका लागि चीनसँग आग्रह गरेको थियो । परराष्ट्रले अर्थ, भौतिक पूर्वाधार, कानुनलगायत मन्त्रालयको राय लिएपछि नेपाल र चीनबिच बेलिब्रिज बनाउने समझदारी भएको थियो । चीनले हाललाई बेलिब्रिज बनाउन लागेको हो ।
यसअघि हिजो शनिबार मात्र रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेल नेतृत्वको टोली र चीनका समकक्षीबिच निर्माणस्थलबाटै भर्चुअल बैठकसमेत भएको थियो । बैठकमा उद्धार, राहत एवं पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको अधिकारीले जानकारी दिनुभयो ।

‘बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्न स्थानीय प्रशासनबाट उपयुक्त कार्यवातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको अधिकारीले जानकारी दिनभुयो । नेपाल–चीनबिच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो ।
तर असार २४ गतेपछि उक्त नाका ठप्प भएको छ । चीनको केरुड.तर्फ अडकिएका नेपालीहरुलाइृ तातोपानी नाका हुँदै नेपालइ ल्याइएको छ । उक्त दिनको बाढीका कारण २१ जनाभन्दा बढिले ज्यान गुमाएका थिए भने आधा दर्जन जलविद्युत कम्पनीमा क्षति पुगेको छ ।