
- नुवाकोट पुकार समाचारदाता
साउन ११ आइतबार ,काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिएको छ ।
काठमाडौं–१०बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
गतवर्ष भएको संसदीय दलको निर्वाचनमा पराजित भएका बागतमी प्रदेश सभापति बानियाँले मुख्यमन्त्री बन्नका लागि सिंहमाथिको अविश्वास प्रस्तावको नेतृत्व गरेका छन् । बानियाँको नेतृतवमा संसदीय २१ प्रदेशसभाको हस्ताक्षरसहति बैठक बोलाउन माग गरिएको छ ।
कांग्रेस संसदीय दलको विधानको दफा २२ को उपदफा २ मा ‘नेतामाथि राखिएको अविश्वास प्रस्तावलाई संसदीय दलको प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यले समर्थन गरेमा सो प्रस्ताव पारित भएको मानिनेछ । संसदीय दलको सो बैठकमा पार्टीका केन्द्रीय सभापति वा महामन्त्री वा केन्द्रीय समितिले खटाएको कुनै पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनु पर्नेछ,’ भन्ने व्यवस्था उल्लेख छ । त्यही व्यवस्थाअनुरुप केसीलाई केन्द्रीय समितिका तर्फबाट पर्यवेक्षक पठाइएको हो ।
गत वर्षको साउनमा भएको सहमति अनुसार लामाले एक वर्ष र बानियाँले ८ महिना नेतृत्व गर्ने भद्र सहमति भएको भनिएको थियो । सोही सहमति अनुसार लामाले पद नछाडेपति अविश्वास प्रस्ताव ल्याइएको बुझिएको छ । अबको आठ महिनापछि केन्द्रीय सत्ताको समिकिरण फेरिएसँगै बागमतीमा एमालेले नेतृत्व गर्ने यसअघि नै भद्र सहमति भएको छ ।
तर राजनीतिक जानकाहरुका अनुसार केन्द्रीय सत्ता समिकरणमा कांग्रेस एमाले सँगै रहने अवस्था कमजोर हुँदै गएको छ । जसले गर्दा प्रदेश सरकार पनि भोलिका दिनमा कसरी अगाडि बढ्न भन्न सकिन्ने अस्था देखिदैन । प्रदेसशभा सचिवालयले बैठकको मिति तय गरिसकेको छेन् । तर दुवै नेताहरु सांसदहरुलाई आफ्नो पक्षमा तान्ने र केन्द्रीय नेता रिझाउ राजधानीमा सक्रिय भएका छन् ।
बागमती प्रदेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कतिपय कांग्रेसका नेता कार्यकर्ताले भने बानियाँले पार्टीभित्र कुनै सल्लाह नै नगरी अविश्वास प्रस्ताव दर्ता गराएको विषयमा तिब् असन्तुष्टि जनाएका छन् । नेकपा एमाले समेत यसमा त्यति धेरै सन्तुष्ट देखिएको छैन् । नेकपा एमालेका एक नेताले नुवाकोट पुकारसँग भने, प्रदेशमा जे भएको छ त्यो राम्रो होइन,यसले प्रदेशप्रतिको जनविश्वस कम हूदै जाने देखिन्छ । एमालेको यस्तो प्रतिक्रियाले लामा पक्षका नेताहरु भने उत्साहित भएका छन् ।