
नुवाकोट पुकार समाचारदाता,
साउन १२ सोमबार हेटौडा । कांग्रेसको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि आजबाट प्रक्रिया सुरु हुँदैछ । कांग्रेस संसदीय दलका सचिव कृष्णकुमार तामाङले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।
आजको कांग्रेस संसदीय दलको बैठकमा पहिलो चरणमा लामाप्रति संसदीय दलमा पेश गरिएको अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा मतदान हुनेछ । यदि पक्षमा बहुमत भएको खण्डमा लामा संसदीय दलको नेताबाट हट्ने छन् ।
यदि लामाले अविश्वस प्रस्तावलाई फेल खुवाउन सके भने अर्को प्रक्रियाको आवश्यता पर्ने देखिदैन । तर लामालाई अविश्वास गर्दै ३७ प्रदेश सांसदमध्ये २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरिसकेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो ।
बानियाँको पक्षमा २१ जनाले हस्ताक्ष्र गरिसकेका छन् भने अन्य दुई जना भनेम तदानमा सहभागि हुने प्रतिवद्धता जनाएको दावी गरिएको छ । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् । अघिल्लो वर्ष सभापति देउवाको साथ लामालाई थियो भने यसपटक बानियाँलालाई भएको दावी गरिएको छ । अन्य केन्द्रीय नेताहरुले पनि आफू निकटका सांसदहरुलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने देखिएको छ । दुवै पक्ष आफ्नो पक्षमा बहुमत पुर्याउन क्रियाशिल छन् ।
लामाले मन्त्री बनाउने भन्दै केही प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा ल्याइसकेको बताइएको भएपनि बानियाँ पक्षले त्यसलाई विश्वास गरेको छैन । दुवै पक्षका नेताहरुले आआफ्नो क्याम्प नै खडा गरेर सांसदहरुलाई होटलमा राखेका छन् । यसले गर्दा जो जो जता भएपनि टिम परिवर्तन गर्न सक्ने सम्भावान अत्यन्त कम देखिएको छ । बानियाँ पक्षले २१ भन्दा अन्य दुई जना सांसद समेत आफ्नो पक्षमा रहेको दावी गरेको छ । नुवाकोटका रमेश महत समेत बानियाँको पक्षको लाग्ने सम्भावना देखिएको छ ।
यदि यो प्रक्रियामा लामा असफल भएभने फेरि संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तय हुनेछ । संसदीय दलमा को को उम्मेदवार हुन्छन् भन्ने यकिन छैन् । लामा असफल भए उनले नैतिक रुपमा उम्मेदवार बन्ने सम्भावना देखिदैन । बानियाँ र अरुसँग प्रतिस्पर्धा गर्नका लागि लामाले केन्द्रीय नेताहरुको समर्थनमा अर्को उम्मेदवार तय गर्ने सम्भावना देखिन्छ ।
संसदीय दलभित्रको विवाद मिलाउन र पर्यवेक्षकका रुपमा कांग्रेस केन्द्रले केन्द्रीय सदस्य राज केसीलाई खटाएको छ । केसी हिजो नै हेटौडा आएर सहमतिको प्रयास गरिरहेका छन् । केसीले कसलाई बनाउने भन्दा पनि पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । केसीले संसदीय दलको नेता मात्रै मुख्यमन्त्री बन्ने भएको त्यो भन्दा बाहिरको व्यक्ति मुख्यमन्त्री बन्ने कुरामा कल्पना गर्न नसकिने बताएका छन् । यसले गर्दा पनि संसदीय दलमा नै आफ्नो पक्षलाई बलियो नाउन नेताहरु लागि परेका छन् ।
संविधानको धारा १८६ का उपधारा २ को ख मा भने प्रदेशसभा सदस्यले बहुमत प्राप्त गर्न सके मुख्यमन्त्री बनन पाउनेव्यवस्था छ । तर प्रदेशसभामा पहिलो दलको रुपमा रहेको कांग्रेसभित्र भने संसदीयको नेता मात्रे मुख्यमन्त्री बन्न सक्ने भनिएको छ ।