
साउन १२ सोमबार विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाले मकैबाट निस्कने खोया किन्ने भएको छ । नगरपालिको कृषि शाखाले सार्वजनिक सूचना जारी गर्दै मकै खेती गर्दै आएका कृषकलाई आफ्नो घरमा खोया संकलनका लागि आग्रह समेत गरेको छ ।
साउन ११ गते जारी गरिएको सूचना अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिकाले च्याउँ खेतीका लागि पराल र छवाली भन्दा खोयाको प्रयोग substrate को रुपमा प्रयोग हुने भएकाले खोया खरिदका लागि प्रस्ताव गरेको कुँदा खोया विक्री गर्न सकिने भन्दै नगरपालिकाले किसानहरुले खोया संकलन गरेर बिक्रीका लागि नगरपालिकासँग सम्पर्क गरेको खण्डमा प्रतिकिलो ६ रुपयाँमा खरिद गरिने सूचनामा उल्लेख गरिएको छ ।
साथै खोया संकलन तथा सहजीकरण गर्ने कृषक,सहकारी तथा सर्वसाधारणलाई प्रतिकिलो १ रुपयाँ कमिशन प्रदान गरिने पनि सूचनामा उल्लेख गरिएको छ । सूचनमा उल्लेख गरिए अनुसार खोया किन्नका लागि सर्तहरु समेत राखिएको छ ।
नगरपालिकाले प्रविधिक प्रावधान अनुसार खोया पानीमा भिजेको हुन नहुने र राम्रोसँग सुकेको हुनुपर्ने,कुहिएको हुन नहुने,घरमा राम्रोसँग भण्डारण गरि राखेको हुनुपर्ने सर्तमा उल्लेख गरेको छ । साथै एक गाडी संकलन भएको गाउँमा गएर सोही स्थानमा नै रकम बुझाएर खोया सोही कम्पनीले गरिद गर्ने पनि सूचनामा ने उललेख गरिएको छ ।यसअघि पञ्चकन्या गाउँपालिकाले पनि खोया खरिदको सूचना सार्वजनिक गरेको थियो ।
