
रसुवा । रसुवाा जिल्लाको गोसाइँकुण्डमा नुहाउने क्रममा बेवत्ता भएका दुई युवाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेनाको उद्धार टोली हिजो राती देखि नै घटनास्थलतर्फ परिचालन गरिएको थियो।
चन्दनबारीबाट उद्धार टोलीले हिजो साँझ ८ बजेको समयमा गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो। लगातारको वर्षातका कारण शव भेटाउन सकिएको थिएन । हिजो नभेटिएपछि आज बिहान ७.३० बजेबाट सुरु गरिएको उद्धार कार्यमा निरन्तर प्रयासकाबीच अहिले बिहान साँढे १० बजेको सयमा दुबै जनाको शव कुण्डबाट निकालिएको छ ।
उनीहरु मोरङका मनोज न्यौपाने र सुजन ढकाल रहेका छन् । गोसाईकुण्ड स्थानका लागि उनीहरु गएका थिए । दुवै युवा आइतबार दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता थिए ।
यसैबीच गोसाइँकुण्ड मेला तथा जनैपूर्णिमा अवसरमा तीर्थयात्रीहरूको भीड बढिरहेको बेला घटेको यो दुःखद घटनाले सम्पूर्ण श्रद्धालुहरूलाई सचेत र सावधानी अपनाउन गरिएको छ ।