
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटकोले चीनको केरुङतर्फ ठुलो पानी परेको र नदीको बहाव बढेको भन्दै सचेत गराएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले दिनुभएको जानकारी अनुसार चिनियाँ पक्षबाट केरुङमा ठुलो पानी आएको र बाढी आउन सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयमा खबर पठाएको र रसुवा प्रशासन कार्यालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि प्रहरी सूचनामार्फत सचेत रहन आग्रह गरेको हो । हामीलाई रसुवाबाट जानकारी आएकाले हामीले त्रिशूली नदी आसपासका बस्तीहरुमा बाढीको जोखिम रहेकाले सचेत रहन आग्रह गरेका हौँ, लामाले नुवाकोट पुकारसँग भन्नुभयो ।
गत असार २४ गते रसुवाको भोटेकोशी र ल्हेन्दो खोलामा आएको बाढीका कारण २१ जनाको ज्यान गएको थियो भने नेपाल र चीन जोड्ने मितेरी पुल समेत बगाएको थियो । यस्तै रसुवागढी जलविद्युतसहित अन्य आधा दर्जन जलविद्युतमा समेत क्षति पुर्याएको थियो ।