बदेलको आक्रमणबाट सूर्यगढी–१ मा मकैबालीमा ठूलो क्षति, किसानलाई क्षतिपूर्तिका लागि थालियाे पहल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १४, आईतवार ०९:०२

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ अन्तर्गत लच्याङ, ठाइनाङ, पाखु लगायतका विभिन्न स्थानमा बदेलको आक्रमणबाट किसानहरूले लगाएको मकैबालीमा ठूलो क्षति पुगेको छ।


मकै पाक्ने समयमा बदेल बारीमा पसेर व्यापक क्षति पुर्‍याएपछि वडा नं. १ का अध्यक्ष राजकुमार तामाङ (रञ्जित) सहित स्थानीय किसानहरूको सहभागितामा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको हो।


अनुगमनका क्रममा प्रभावित किसानहरूसँग प्रत्यक्ष छलफल गर्दै क्षतिको वास्तविक अवस्था बुझिनुका साथै आवश्यक विवरण संकलन गरिएको वडा कार्यालयले जनाएको छ।


संकलित विवरणका आधारमा डिभिजन वन कार्यालय, खरानीटार अन्तर्गतको शाखा वन कार्यालयलाई जानकारी गराई प्रचलित कानुन तथा निर्धारित प्रक्रियाअनुसार प्रभावित किसानहरूले उचित क्षतिपूर्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन आवश्यक पहल अघि बढाइएको छ।


वडा अध्यक्ष राजकुमार तामाङले किसानहरूको समस्याप्रति वडा कार्यालय संवेदनशील रहेको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


उता प्रभावित किसानहरूले वन्यजन्तुबाट हुने बाली क्षति रोक्न प्रभावकारी तथा दीर्घकालीन समाधानको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

पछिल्लो समय नुवाकोटका गाउँ घरतिर बादर र बदेलकाे आक्रमणका कारण किसानहरूले आफ्ना बाली जाेगाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *