
तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा यात्रुवाहक बस दुर्घटना भएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको बा.२ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो ४ बजेर २० मिनेटको समयमा दुर्घटना भई मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २३ मनकामना गण तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएको छ । पाँच घाइतेलाई आँबुखैरेनी अस्पताल लगिएको र अवस्था गम्भीर भएका दुई जनालाई भरतपुर अस्पताल रेफर गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।