
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका दिनुभएको छ । मुख्यमन्त्री लामाले अहिले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा आफू समर्थित मन्त्री तथा सांसदहरुलाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत सार्वजनिक गर्नुभएको छ ।
९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिनुभएका सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेपालको आदीवासी जनजाती समुदायबाट मुख्यमन्त्री बन्ने तामाङ पहिलो नेता हुन् । लामाले एक वर्षअघि मुख्यमन्त्री हुनुअघि कांग्रेस प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्र बानियाँसग गरेको लिखित सहमतिको कार्यान्वयन नगरेपछि संसदीय दलमा अविश्वास प्रस्ताव पेश भएको थियो । अविश्वास प्रस्ताव सफल भएपछि भएको संसदीय दलको नेता निर्वाचनमा पनि सिंह असफल भएका थिए ।
संसदीय दलको नेतामा बानियाँले जित हासिल गरेसँगै पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा पनि सिंहले आफूले पार्टी सभापतिको निर्देशन अनुसार नै राजीनामा दिएको बताउनुभयो ।
मुख्यमन्त्री लामाले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको भन्दै यो घटनाक्रमबाट नभाग्ने पनि लामाको बताउनुभयो । उहाँले आफुलाई सत्ताबाट हटाउन खोज्नुलोकतन्त्र विरोधी कदम भएको टिप्पणी समेत गर्नुभयो । यसअघि मुख्यमन्त्री लामाले मुख्यमन्त्री कार्यालयमा आफू समर्थित १३ जना सांसद तथा मन्त्रीहरुसँग सामूकि तस्बिर अिचाउनु भएको थियो ।