
साउन १९ सोमबार मकवानपुर । बागमती प्रदेशमा मुख्यमनत्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोमबार २ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए ।
नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्ने आह्वान गरिएको हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न भनिएको छ ।तर कांग्रेसले त्यसको एक घण्टामा नै एमालेको समर्थनसहित आज नै दावी पेश गरिसकेको छ ।
मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले एमालेको समर्थनमा मुख्य मन्त्रीको दावी पेश गरेका छन् । बुहमत प्रदेश सदस्यहको हस्ताक्षरसहित बानियाँ मुख्यमन्त्रीका लागि दावी गरेका छन् । सोही अनुसार नै मुख्यमन्त्री नियुक्त हुनेछ । बानियाँ नियुक्त भएसँगै कांग्रेसका केही मन्त्रीहरु हेरफेर गर्नेछन् भने नेकपा एमालेले पूरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेको छ ।
कांग्रेसबाट भने यसअघि मुख्यमन्त्री लामाले नियुक्त गरेका तीन जनालाई पुन नियुक्त गर्ने समझदारी कांग्रेसमा बनिसकेको छ । अन्य केही नयाँ अनुहार थपिने बानियाँ निकट स्रोतले जनाएको छ । यसअघि आज नै मुख्यमन्त्री लामालको राजनिामा उहाँको प्रमुख स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुखलाई बुझाएका छन् ।बानियाँ अब आठ महिना मात्रै मुख्यमन्त्री हुन पाउने छन्
