
१९ साउन, काठमाडौं । कक्षा १२ को नतिजा आज -सोमबार_ सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हिजो –आइतबार) डेमो गरिएको थियो ।‘हिजो डेमो गरिएको थियो ।
आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो ।क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।