
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं २ ले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि अस्थाई रुपमा राजधानीमा बसोबास गर्ने वडाबासीहरुको सहजताका लागि काठमाडौंमा पनि शिविर सञ्चालन गर्ने भएको छ ।
वडा सचिव राजकुमार परियारले आज सार्वजनिक सूचना जारी गर्दै २०८२ साल साउन २६ गते राजधानीको बालाजु बाइसधारास्थित परिवर्तन अभियान नेपालको कार्यालय रहेको भवनबाट बिहान ७ बजेदेखि सेवा प्रदान गरिने जनाइएको छ । नेपाल सरकार राष्ट्यि परिचयपत्र तथा पञ्चीकरण विभागको निर्णय अनुसार समाजिक सुरक्षा भत्ताका लागि अनिवार्य रुपमा बायोमेट्रिक प्रणाली(औठा छाप) अनिवार्य गरेको छ ।
सोही व्यवस्थालाई मध्यनजर गर्दै लाभग्राहीहरु वडा कार्यलयसम्म जान असहज हुने भएकाले राजधानीमा नै शिविर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । वडा कार्यलयले बायोमेट्रिकका लागि अनिवार्य रुपमा लाभगही स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था भएकाले शिविरमा अनिवार्य उपस्थित हुन पनि आग्रह गरेको छ ।
साथै कार्यालयले नविकरणका लागि अनिवार्य रुपमा आवश्यक पर्ने कागजातहरुमा राष्ट्यि परिचयपत्रसहित स्वयम् उपस्थित हुनुपर्ने,नागरिकताको सक्कल प्रमाणपत्र,सामाजिक सुरक्षाभत्ता प्रमाणपत्र,एकल महिला वा विधवाको हकमा अविवाहित रहेको वा पुनः विवाद नभएको स्व घोषणा, पतिको मृत्यु दर्ता,अपाड.्गता भएका व्यक्तिको हकमा परिचयपत्र सक्कल र प्रतिलिपिका साथै बसाई सराई सरेर आएकाहरुले भने बसाई सराईको पमाणपत्र अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको छ । वडा कार्यालयको उक्त निर्णयप्रति लाभग्राहीहरुलेखुशी व्यक्त गरेका छन्
सरकारले ७० वर्ष कटेका जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक,विधवा, एकल महिला,अपाड्गता भएका व्यक्ति,दलित बालबालिकाहरुलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको छ । विगतमा नगद नै दिने व्यवस्था भएको भएपनि त्यसबाट खर्चमा पारदर्शीता नदेखिएपछि सरकारले बैंकमार्फत समाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ । बैंकका स्वयम् उपस्थित हुनुपर्ने व्यवस्थाका कारण जेष्ठ नागरिकहरु भने समस्यामा पर्दै आएका छन् ।
