
काठमाडौं । बागमती प्रदेश सरकारले साउन २५ गते गाईजात्राका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८२ साल बैशाखदेखि चैत्रसम्मको बिदाको सूचि प्रदेश राजपत्रमा प्रकाशित गरेको छ ।
सोही सूचिमा साउन २५ गते गाईजात्राका अवसरमा सार्वजनिक बिदा उल्लेख गरिएको छ । संघीय सरकारले भने गाईजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । प्रदेश सरकारको सो बिदा उपत्यकाबाहेका १० जिल्लामा लागू हुनेछन् ।
तर संघीय सरकारले पपनि सोही दिन उपत्यकामा बिदा दिने भएकाले राजधानीसहितका बागमती प्रदेशका १३ जिल्लामा बिदा हुनेछ । साउन २४ गते शनिबार भने जनैपुर्णिमा परेको छ ।

