
साउन २१ बुधबार,सुर्यगढी । पहिरोको उच्च जोखिम रहेको जिल्लाको सुर्यगढी गाउँपालिकास्थित लच्याङमा पुर्व तयारीका साथ टेन्ट घर निर्माणसँगै हस्तान्तरण गरिएको छ ।
जिल्ला बिपद ब्यवस्थापन समिति नुवाकोटले २५ थान टेन्ट घर र ३० थान त्रिपाल हस्तान्तरण गरेको छ । लच्याङको बुलबुले, काउले र स्याम्राङ बस्तिको १८ घरधुरी पहिरोको उच्च जोखिम र १२८ घरधुरी प्रभावित हुने देखिएकोले छ । जसलाई मध्यनजर गर्दै पुर्व तयारीका साथ उक्त सामग्री हस्तान्तरण गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।
बुधबार नेपाली सेना, नेपाल प्रहरी, शषस्त्र प्रहरीसहितको टोलिले काउलेडाडा स्थित निर्कुभुमे आधारभुत बिद्यालयको चौरमा टेन्ट घर निर्माण प्रहरीसहितको टोलिले काउलेडाडा स्थित निर्कुभुमे आधारभुत बिद्यालयको चौरमा टेन्ट घर निर्माण समेत गरिदिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताउनुभयो ।
उहाँले बर्षातको समयमा उक्त स्थानमा पहिरोको उच्च जोखिम रहेकाले पुर्व तयारीका साथ टेन्ट घर निर्माणका साथै अन्य तयारीहरु समेत गरिएको जानकारी दिनुभयो ।
गाउँपालिकाको दुर्गम क्षेत्र मानिने उक्त बस्ती पहिरोको उच्च जोखिममा परेको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले गरेको व्यवस्थापनका कारण जोखिम आइहाले पनि बस्नका लागि भने सहज भएको वडा नं १ का वडा अध्यक्ष राज कुमार तामाङ रन्जितको भनाई रहेको छ ।जिल्ला विपद व्यवस्थापन समितिको सहयोगप्रति त्यहाँ रहेका समुदायले भने खुशी व्यक्त गरेका छन् ।