
२२ साउन, काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा नुवाकोटका एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् ।
उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताउनुभयो । उहाँका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो ।
भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ । उनका विषयमा थपअनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।