
काठमाडौं । राजनीतिक दलको गतिविधिलाई व्यवस्थित गर्नका लागि निर्वाचन आयोगले सञ्चालन गर्ने स्वमुल्यांकनको लागि सुझावदिने आजअन्तिम दिन हो । आयोगले आज साउन २२ गते (आज) भित्र स्वमुल्यांकनसहित राय सुझाव दिन सार्वजनिक सूचनमामार्फत आह्रवान गरेको छ ।
तर सत्ताधारी दुई दल नेपाली कांग्रेस र एमाले बाहेकका अन्य साना दलहरुले भने त्यसको विरोध जनाएका छन् । बुधबार माओवादी संसदीय दलको कार्यलयमा भएको छलफलमा संसदमा प्रतिनिधित्व गरेका नौवटा राजनीतिक दलले निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार नाघेको निष्कर्षकासाथ त्यसलाई स्वीकार नसकिने चेतावनी दिएका छन् ।
बुधबार नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले आयोगले सुझावका लागि पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ अस्वीकार गर्ने निर्णय गरेका एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । पाण्डेले आयोगले तयार पारेको कार्यविधि ऐनको रूपमा आएको बताए र त्यसलाई अस्वीकार गर्ने निर्णय गरिएको जानकारी दिएकाा छन् ।
आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आयोगले कार्यविधि पठाएकाले अस्वीकार दलहरुको निर्णयसगै आयोग स्मयम् नै विवादमा परेको छ । कांग्रेस एमालेले आयोगको निर्णयप्रति प्रतिक्रिया दिएको छैन । कांग्रेस र एमालेले भने आज कार्यालय समयसम्म पार्टीले स्वकुल्याड्.कन गरेर बुझाउने बताएका छन् ।