
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको कार्यालय आफ्नै भवनबाट सञ्चालन भएको छ ।
जिल्लाका रहेका ३९ संस्थागत विद्यालयहरुको सहयोगले प्याब्सनले जिल्लाको विदुर नगरपालिका वडा नं ४मा बट्टारमा तीन तल्ले पककी भवन निर्माण सम्पन्न सँगै आजबाट औपचारिक रुपमा उक्त भवनबाट कार्यलय सञ्चालन गरेका छ । आज प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकरीले धार्मिक परम्परा अनुसार नयाँ भवनमा पूजापाठ गरेर औपचारिक रुपमा कार्यलय प्रवेश गर्नुभएको थियो ।
उहाँले सदस्य विद्यालयहरुको सहयोगका कारण भवन निर्माण सम्भव भएको भन्दै सहयोग गर्ने विद्यालयहरुलाई ध्न्यवाद ज्ञापन गर्नुभयो । उहाँले यसअघिका अध्यक्षहरुको लगातारको मिहिनेतका कारण भवन निर्माण सम्भव भएको भन्दै आगमी दिनमा यसका बाँकी काम पूरा गदै जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले भवनका भित्री कोठाहरुमा निर्माण गर्न बाँकी रहेको र अहिले हलका रुपमा राखिएको जानकारी दिनुभयो ।
नुवाकोट जिल्लामा माध्यमिक तहमा १९ संस्थागत विद्यालय रहेका छन् । जसले जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।