
काठमाडौं । साउन २७ मंगलबार।नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले रवि लामिछानेलाई काराकार स्थानान्तरण नगरिनु दुःखद् भएको बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा शुन्य समय लिएर बोल्दै सांसद केसीले राष्ट्रिय पार्टीको सभापति र पूर्व मन्त्री समेत भएको व्यक्ति अदालतद्वारा कारागार स्थानान्तरणको आदेश दिँदा दिँदै पनि कारागार स्थानान्तरण नहुनु दुःखद र नबुझिने कुरा भएको उल्लेख गर्नुभयो । उहाँले सरकारले देशभरका कारागार यथाशिघ्र शुधार गर्न अत्यावश्यक रहेको भन्दै प्रजातन्त्रमा जेल सजाय घर नभई सुधार थलो हुनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो सम्बोधनका क्रममा नेता केसीले भन्नुभयो, जेल अपराधीलाई सजाय मात्र होइन, सुधार, पुनः स्थापना र समाजमा समावेश गर्ने अवसर दिनु हो, दुई सय को क्षमतामा छ सय को भीड अपर्याप्त स्वास्थ्य सुविधा र न्यूनतम मानवीय सेवाको कमी रहेका जेलहरुमा तत्काल आम सुधारको अनिवार्य आवश्यक छ ।
भैरहवा कारागार र बन्दी निरीक्षण गरेको राष्ट्रिय मानव अधिकार आयोगले त्याहाँ आधारभूत सुविधा अभाव र अत्यधिक कैदी भएको जनाएको छ,यस्तो अवस्थामा कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निणर्य आफनो ठाउँमा छ ।