
२७ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् ।
बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए ।कांग्रेसभित्रै बहादुरसिंह लामा समर्थक सांसदहरुले पूर्व सहमति कार्यान्वयन नभए विश्वासको मत दिन नसकिने बताउँदै आएपनि सहमतिको कार्यान्वयनको उधारो सम्झौतालाई मान्य विश्वासको मत दिएका हुन् ।