
बेलकोटगढी नगरपालिकाको नवौं नगरसभाको उद्घाटन गर्दे कांग्रेसनेता अर्जुनरसिंह केसी
सानो मुटु लिएर राजनीति गर्न खोज्नेलाई जनताले जवाफ दिने चेतावनी
विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुनरसिंह केसीले लोकतन्त्रकको मर्म र भावना अनुसार स्थानीय सरकारले बजेट ल्याउनु पर्ने बताउनु भएको छ । बेलकोटगढी नगरपालिकाको नबौ नगरसभालाई सम्बोधन गर्दै नेता केसीले स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुले गर्ने सम्वादको बेग्लै महत्व हुने उल्लेख गर्नुभयो ।
उहाँले बेलकोटगढीको जनप्रतिनिधि भनेको यहाँका जनताको आँखाको नानी भएको भन्दै नेता केसीले जनताको सरोकारवाला विषयमा निश्पक्ष भएर काम गर्नका लागि सुझाव दिनुभयो । उहाले कुनै पनि व्यक्ति आस्तिक छ भने मन्दीरमा जुत्ता बाहिर राखेर मात्रै भित्र पस्छ भन्ने कुराको स्मरण गराउनुभयो ।
उहाले अहिले जुन किसिमको राष्ट्यि परिस्थिति छ त्यसको स्रोत र साधनलाई विभेद नगरी विकास निर्माणमा प्रयोग गर्नूपर्ने सुझाव दिनुभयो । उहाले नुवाकोटको ककनीदेखि गटेसम्मको बाटो निर्माणका लागि आफूले योजना आयोगदेखि प्रधानमन्त्रीसम्मको ध्यानकर्षण गराएको भन्दै आफूले जसरी पनि उक्त बाटो बनाउने विश्वास दिलाउनु भयो । उहाले वर्तमान अर्थमन्त्रीले एक नम्बर क्षेत्रमा पर्ने बालाजु रानीपौवा सडकलाई बजेट विनियोजन गरेर त्यसभन्दा उत्रा पर्ने दुई नम्बरमा बजेट नहालेकोप्रति आपत्ति जनाउनु भयो ।
उहाले भन्नुभयो, यस्ता फुच्चे प्रहारबाट अर्जुननरसिंह केसीलाई छुँदैन । अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति निकै आक्रमक रुपमा प्रस्तुत हुनु भएका नेता केसीले आफ्नो क्षेत्रमा बजेट कम भएकोप्रति आक्रोश व्यक्त गर्नुभएको थियो । उहाले महत्वपूर्ण स्थानमा बजेट कटौती गरेर आवश्यक नभएको ठाउँमा बजेट हालेको समेत आरोप लगाउनु भयो । नेता केसीले सानो मुटु लिएर नुवाकोटमा राजनीति गर्न खोज्नेहरुलाई आफूहरुले जनताकाबीचबाट नै जवाफ दिने चेतावनी समेत दिनुभयो ।उहाले आफू शिक्षा मन्त्री भएका बेला नुवाकोटका दर्जनौ विद्यालयमा दरबन्दी ल्याएको समेत स्पष्ट पार्नुभयो ।
नुवाकोट जिल्लाको लागि नयाँ काम गर्न चाहेको भन्दै समग्र रुपमा देशको अव्यवस्थालाई व्यवस्थामा परिवर्तन गर्नका लागि राष्ट्यि रुपमा योगदान दिन चाहेको उल्लेख गर्नुभयो । पूर्व मन्त्री समेत रहनु भएका नेता केसीले निर्वाचन प्रणालीमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । समानुपातिकको नाममा नेताको नजिक भएर संसद बन्ने र निर्वाचितलाई टाउँकामो टेक्ने प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाले आफूले नै संघर्ष गरेर बेलकोटगढी नगरपालिका बनाएको समेत उल्लेख गर्नुभयो । उहाले बेलकोटगढी नगरपालिका जाने सबै बाटो आफूले सुरु गराएको भन्दै गरेको काम बिर्सने गरेको भन्दै अब तामाड. संग्राहलय बनाउने आफ्नो लक्ष्य भएको समेत बताउनुभयो ।
कार्यक्रममा सांसद बिमला सुवेदीले समग्र नुवाकोटको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । कार्यक्रममा माओवादी नेता राजकुमार रेग्मी, नारायण नेपाल लगायतका नेताहरुले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसअघि समृद्ध बेलकोटगढीको आधार कृषि, स्वास्थ्य, शिक्षा पर्यटनसहितको पूर्वाधार भन्ने नाराकासाथ जिल्लाको दोस्रो नगरपालिकाको रुपमा रहेको बेलकोटगढी नगरपालिकाको नबौ नगरसभा आयोजना गरिएको छ । नगरपालिका कार्यलय प्रांगणमा भएको नगरसभामा मेयर जगत बहादुर लामाले आर्थिक वर्ष २०८०।०८१ का लागि वार्षिक नीति तथा कार्यक्रमम पेश गर्नुभएको थियो । कार्यक्रमम समृद्ध बेलकोटढीको नारालाई अघि सारिएको छ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन,सडक पूर्वाधार लायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।
१३ वडा रहेको बेलकोटगढी नगरपालिकाले शिक्षाको विकासका लागि विद्यालय मर्जदेखि स्वास्थ्य क्षेत्रको विकासका लागि एम्बुलेन्स खरिदसम्मका कार्यक्रम समावेश गरेको छ । यस्तै कृषि क्षेत्रको विकासका लागि आधुनिक कृषि परियोजनाका कार्यक्रमहरु समावेश गरिएका छन् । पर्यटन क्षेत्रको विकासका लागि चिम्टेश्वर,वैद्य वन,लगायतका स्थानको विकासमा जोड दिइएको छ । नगरपालिकाले यस वर्ष पुरा हुन सक्ने कार्यक्रम मात्रै समावेश गरेको जनाएको छ ।
नेपाल सरकारबाट अनुदान प्राप्त भएको रकम र स्थनीय तहमा कर संकलनबाट उठ्ने रकमबाट पुँजीगत खर्च कटाएर चालू आवको योजनाको झण्डै नौ करोड भुक्तानिका लागि बाँकी रहेकाले थप नयाँ योजनाहरु कमैमात्र समावेश गरिने कार्यक्रममा उल्लेख गरेको छ । यसअघि नगरपालिकाले वडाकार्यलयहरुलाई २३ लाखको मात्रै सिलिड. दिएको थियो । नगरसभामा नगरपालिकाका नगर सदस्यहरुको उपस्थिति रहेको छ ।