
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सन्तमान तामाड.
खरानीटार । तादी गाउँपालिकाले वातारण संरक्षण गर्नका लागि बोट विरुवा रोप्ने कार्यलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको सभाहलमा आइतबार आयोजित गाउँसभामा आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष सन्तबहादुर तामाड.ले गाउँको विकासका लागि विभिन्न कार्ययोजना अघि सार्नुभएको छ ।
उहाले तादीलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने, सामुदायिक विद्यालयहरुको सुधारका लागि विद्यालय समायोजनदेखि शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने लगायतका कार्यक्रम समेत समावेश गर्नुभएको छ । यस्तै पूर्वाधार विकास, कृषि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु समेत समावेश गर्ने उल्लेख गरिएको छ । यस्तै गाउँपालिकाभित्रको खानीजन्य स्रोतहरुको अनुसन्धान गरि त्यसको उत्पादनका लागि समेत कार्ययोजना अघि सारिएको छ । गाउँपालिकाको कार्यसम्पादन गरि त्यसलाई कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
यस्तै भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनसिलता अपनाउने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राजश्व परिचालनलाई थप व्यवस्थित बनाउने र आन्तरिक राजश्वको दायरा बढाउन घर भाडा लगायतका करमा मितव्ययी बनाइने पनि उल्लेख गरिएको छ । विकासमा जनसहभागितामा जोड दिँदै वडा स्तरबाट सञ्चालन हुने कार्य क्रममा पनि नागरिकको सहभागितामा जोड दिइएको छ । यस्तै डिजिटल कर प्रणालीको व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
प्राकृति स्रोत तथा नदीजन्य सामाग्रीहरुको व्यवस्थापन तथा त्यसबाट कर संकलनलाई पनि उच्च प्राथमिकतामा राखिएको छ । शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन इकाला प्रहरी कार्यालयसँग समन्वय गरि कार्यक्रम अघि बढाइने पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै वडा नं ५ मा अस्थाई प्रहरी पोष्ट राखिने उल्लेख गरिएको छ । मादक पदार्थ सेवन गर्ने तथा कार्यलाई निस्तेज गरिने उल्लेख गरिएको छ । विद्यालय तथा स्वास्थ्य क्षेत्रमा शान्ति क्षेत्रको रुपमा विकास गरि त्यस्ता क्षेत्रमा हड्ताल गर्ने तथा आन्दोलन गर्ने कार्यक्रमलाई निस्तेज गरिने उल्लेख गरिएको छ । यस्तै १८ वर्ष मुनिका युवा युवतीहरुलाई मध्यपान तथा धुम्रमापमा निषेध गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाको संवेदनशिल क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने कार्यक्रमलाई अघि बढाइने योजना पनि अघि सारिएको छ । वडाकार्यबाट प्राप्त हुने सेवाहरुलाइृ एक रुपकता कायम गरिने पनि उल्लेख गरिएको छ । यस्तै सुचना प्रविधि मार्फत नागरिकको गुनासो सम्बोधनका लागि हेलो तादी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सूचनका हक सम्बन्धित कानुन अनुसार नागरिकले मागेका बेला सुचना उपलब्ध गराउने व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । गाउँसभामा अध्यक्ष तामाड.ले सिंगो तादीको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेल, प्रमुख प्रशासकिय अधिकृत खेमराज छिनालसहित पालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।