
गाउँपालिकाका आयोजित गाउँसभामा वार्षि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष गोविन्द थपलीया, साथमा उपाध्यक्ष विरबहादुर तामाड. र प्रमुख प्रकाशकिय अधिकृत बसन्त कार्की
शेरावगर । शिवपुरी गाउँपालिकाले विभिन्न कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ को लागि ५४ करोड ९४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको हो । गाउँसभाको १२ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङले बजेट सार्वजनिक गर्नुभएको थियो ।
यस्तै गाउँपालिका अध्यक्ष गोविन्द थपलीयाले आर्थिक वर्ष ०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । अध्यक्ष थपलीयाले सार्वजनिक गर्नुभएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार ृकषि र पर्यटनको विकासमा विशेष जोड दिइएको छ । गाउँपालिकाले स्वास्थ्य र शिक्षा र पर्यटनलाई विशेष रुपमा राखेको प्रमुख प्रशासकिय अधिकृत बसन्त कार्कीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यस्तै पालिकाले एकल पुरुषलाई दिँदै आएको भत्तालाई भने खारेज गरिदिएको छ । भत्ता खारेज भएकोप्रति भने एकल रुपमा रहेका पुरुषहरुले आपत्ति जनाएका छन् । यस्तै पर्यटन क्षेत्रको विस्तारका लागि सुर्यचौरमा पर्यटकीय क्षेत्रको रुपमा संस्थागत रुपमा विकास गरिने, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुको सुधारका लागि शिक्षकलाई तालिम, विद्यार्थीहरुलाई भर्नाप्रति आकर्षित लगायतका कार्यक्रम समावेश गरिएको छ ।
यस्तै कृषि क्षेत्रको विकासका लागि कृषकलाई आधुनिक उपकरणहरु उपलब्ध गराउने, मल र बिउँको समयमा नै व्यवस्थापन गर्ने वातावरण निर्माण गर्ने लगायतका रहेका छन् ।