
शुकदेव दाहाल,लेखक
मुलुकको बहुदलीय व्यवस्थामा अटाएका एक दर्जन साना ठुला दलहरु देश र जनता केन्द्रीत हुने भन्दा पनि आआफ्नै घर झगडामा व्यस्त छन् । व्यवस्थापिका संसदको पहिलो ठुलो दल नेपाली कांग्रेसदेखि तराईमा जनमत भएको सिके लाल र रेशम चौधरीसम्मले नेतृत्व गरेका दलहरु आन्तरिक किचलोमा फसेका छन् ।
अन्य दलको तुलनामा नेपाली कांग्रेस र एमालेमा यति धेरै विवाद छैन् । नेतृत्वको हैकमवादीताप्रति केही नेताहरु असन्तुष्ट हुनु बाहेक विभाजनको अवस्था नै हुने गरि विवाद देखिदैन । कांग्रेसमा शेखर कोइराला भावी नेतृत्वका रुपमा हेरिएका नेता हुन् । उनले पार्टीको संस्थापनतहबाट भए गरेका गतिविधिलाई नियालिरहेका छन् । उनले पार्टीलाई घाटा र विभाजन गराउनेसम्मको हैसियत अहिलेसम्म राखिसकेका छैनन् । उनले केवल १५ औं महाधिवेशनमा आफूलाई सभापतिको बलियो दावेदारका रुपमा उभ्याउने प्रयास मात्रै गरेका हुन भन्दा फरक नपर्ला ।
यस्तै नेकपा एमालेमा पार्टीभित्र त्यति ठुलो गुटबन्दी देखिदैन् । पछिल्लो समय दुई दुई पटक राष्ट्पति जस्तो गरिमामय पदमा पुगेकी पूर्व राष्ट्पति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कने र नेतृत्व हत्याउने प्रयासमा रहेकी छिन् । उनका लागि यो पटक भने त्यो सम्भावना एमालेले बन्द गरिदिई सकेको छ । एमाले नेतृत्वमा कुनै त्यस्तो परिवर्तन आएन भने उनी आगामी भदौंमा हुने पार्टीको विधान महाधिवेनमा समेत सहभागि हुन पाउने अवस्था छैन् । उनका लागि एमालेमा ढोका बन्द भैसकेको छ । तर उनी समर्थकको सहभागिता बाक्लै रहेकाले एमालेमा उनको अनुपस्थितिमा पनि विद्याको प्रतिनिधित्व हुनेछ र त्यसले एमालेलाई विभाजनको अवस्थामा लान सक्ने अवस्था बन्दै गएको छ ।
एमालेपछिको तेस्रो शक्ति माओवादीमा त झन विवाद अग्र छ । तर स्थायी समितिको बैठकले तत्कालका लागि समाधान गरेको भएपनि जर्नादन शर्मा सन्तुष्ट छैनन् । यो घटनाले माओवादी कतिखेर विभाजनको अवस्थामा जान्छ भन्न सकिदैन् । यस्तै व्यवस्थापिका संसदमा पाँचौं ठुलो दलका रुपमा रहेको नेकपा एकिकृत समाजवादीमा पनि विवाद उत्कर्षमा पुगेको छ । पार्टीका नेता झनाथ खनाल, माधव नेपाल र घनश्याम भुसार आआफ्नै ढम्फु बजाइरहेका छन् । यसले सो पार्टी पनि आन्तरिक कलहका कारण थला पर्ने अवस्थामा छ । यि बोहक अन्य दलहरु राप्रपा, मधेसीदलहरु सिकेलालको जनमत, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विभाजनको अवस्थामा छन् ।
लोकतान्त्रिक गणतन्तान्त्रिक दलहरुबीचको आन्तरिक विवादका कारण उनीहरुले पार्टीको संरचनागत स्थितिमा सुधार गर्न सकेका छैनन् । देश र जनातका पक्षमा लामो समय क्रान्ति गरेर आएका देशका पूराना दलहरु आआफ्नै घर झगडामा डुबेका कारण आम जनतामा भने नैराश्यता बढिरहेको छ । हरेक चोक, चिया पसलमा यतिखेर पूराना दलहरुप्रति हेर्ने दृष्टिकोण बदलिएको छ ।
जनतामा उनीहरुप्रतिको विश्वास हराउँदै गएको अवस्था छ । यो अवस्थामा नयाँ उदाएका दलहरु मिसन ०८४ का लागि अगाडि बढिसकेको अवस्थामा पूराना दलहरुको झगडाले उनीहरुलाई आगमी निर्वाचनमा कहाँ पुर्याउँला । अब पनि सोच्न सकेनन् भने ०८४मा जनताले राम राम मात्रै भन्नेछन्् । चेतना भयाँ ।