
साउन २८ बुधबार,रसुवा । चीनको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण केरुङमा फसेकाहरुलाई नेपाल फर्काउने व्यवस्था मिलाएको छ ।
गत असार २४ गते आएको बाढीका कारण मितेरी पुल बगाएपछि चीनतर्फ फसकेकाहरु मध्ये आज दोस्रो चरणमा प्राथमिकताका आधारमा १६९ जनालाई स्वदेश फर्काउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार दुवै देशका सरकार,स्थानीय प्रशासन र सराकोरवाला निकायहरुको समन्वय र पहलमा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउने व्यवस्था मिलाइएको छ ।
यसअघि पहिलो चरणमा साउन ७ गत १ सय भन्दा बढीलाई स्वदेश फर्काइएको थियो । गत असार २४ गते भोटेकोशी नदीमा आएको हिमबाढीका कारण नेपाल – चीन जोड्ने मितेरी पुल बगाएको थियो । यस्तै रसुवागढी भन्सार कार्यालय, रसुवागढी जलविद्युत आयोजनासहितका अन्य जलविद्युत कम्पनीमा पनि क्षति पुर्याएको छ ।
उक्त बाढीबाट २१ जनाको ज्यान समेत गएको थियो । मितेरी फुल बगाएपछि नेपाल र चीनबीचको व्यापारिक कारोबार समेत ठप्प बन्न पुगेको छ । चीनले मितेरी पुल निर्माणका लागि काम गरिरहेको छ । दशंै अगाडि नै बेलीब्रीज पुल निर्माण गरिसक्ने लक्ष्य रहेको बताइएकोे छ ।
