
काठमाडौं । राजतन्त्रवादीका रुपमा स्थापित राप्रपाको भातृ संस्था युवा संगठन काठमाडौँ जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ । अधिवेशनको औपचारिक कार्यक्रम सुरु हुनु अघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद हुँदा हात हालाहाल भएको हो ।
अधिवेशनमा विवाद भएपछि प्रहरी परिचालन गरिएको थियो ।अधिवेशन बिथोलिने अवस्था बनेपछि अध्यक्ष लिङ्देनले शान्त रहन आग्रह गरेका थिए । केही बेरको होहल्ला र हात हालाहालको अवस्थापछि भने परिस्थिति सामान्य बनेको थियो । राप्रपामा पछिल्लो समय राजेन्द्र लिङ्देन र अर्का नेता धवलशमशेर राणबीचको विवाद चुलिएको छ ।