
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभार भारी मात्रामा बर्षा भैरहेको भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले आज सूचना जारी गर्दै लगातारको बर्षातका कारण बाढी पहिरो, भुक्षयसहित जोखिमयुक्त खोला नाला क्षेत्र वरपर रहनुहुनेले आवश्यक सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ । साथै कार्यालयले यात्रा गर्दा समेत मौसम सम्बन्धि पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र रातको समयमा सकेसम्म यात्रा नगर्न पनि आग्रह गरेको छ ।
जलतथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ । आज बिहानैदेखि वर्षात भैरहेको छ ।
