
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी महसुलमा लाग्ने जरिवानामा शतप्रतिशत छुट गरेको छ ।
काठमाडौं उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेयल) ले आज सार्वजनिक सूचना जारी गर्दै २०८१ साल चैत्र मसान्तसम्म तिर्न बुझाउन बाँकी पूरानो बक्यौता तिर्न आउने ग्राहकलाई कम्पनीको तर्फबाट २०८२।०८३मा भित्र तिर्दा एकसय प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाएको छ ।
केयुकेयल २०८२ साल श्रावणदेखि असोजम्म महसुल तिर्ने ग्राहकलाई जरिमानाको सय प्रतिशत नै छुटको व्यवस्था गरेको छ । यस्तै ०८२ कात्तिकदेखि पुससम्म तिर्दा ८० प्रतिशत,माघदेखि चैत्रसम्म तिर्दा ६० प्रतिशत र वैशाखदेखि असारसम्म तिर्दा ४० प्रतिशत छुटको व्यवस्था गरिएको लिमिटेडले आज (बिहीबार) जारी गरेको सूचनामा जनाएको छ ।
