
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज कांग्रेसका तर्फबाट पाँच जना मन्त्री नियुक्त गरेका छन् । नियुक्त भएका मन्त्रीहरुले आज अपराह्रन ४ बजे सथप ग्रहण समेत गरिसकेका छन् । तर मुख्यमन्त्री बानियाँसँग सम्झौता गरेका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको माग भने सम्बोधन भएन् ।
पूर्वमुख्यमन्त्री लामाले आफ्नो कोटाबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए । सोही सर्त राखेर उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमति कार्यान्वयनमा मुख्यमन्त्री बानियाँ उदासीन रहेको भन्दै लामा पक्षले विश्वासको मत नदिने चेतावनी दिँदै आएको थियो । तर पार्टीका नेताहरुको अनुरोधमा विश्वासको मत दिएको बहादुर पक्षका नेताहरु कोही पनि मनित्रमण्डलमा नपर्नुले एक पक्षलाई पूर्ण त निषेध गरिएको छ । आफूहरुले उठाएको माग सम्बोधन नभएपछि बहादुरसिंह लामा पक्षले त्यसको आफूहरुमाथि ठुलो राजनीतिक बेइमानी भएको निश्कर्ष निकालेको छ,
नुवाकोट पुकारसँग कुराकानी गदैृ पूर्व मुख्यमन्त्रीलामाले भने, हामीमाथि ठुलो राजनीति बेइमानी भएको छ, ,प्रदेशमा जुन ढंगको निषेधितको राजनीति गरियो त्यसले कांग्रेसलाई हित गर्ने देखिदैन् ,।
कांग्रेस उच्च स्रोतका अनुसार मुख्यमन्त्री लामाले पूर्व सहमितलाई लत्याउनु, पाटी सभापति स्वयम्ले राजीनामा दिन आग्रह गर्दा अटेर गर्नु र विश्वासको मत दिँदा समेत विपक्षीको भन्दा चर्को भूमिका निर्वाह गरेर राजनीनामा सम्म दिने धम्की दिनुले लामापक्षलाई पार्टीको केन्द्रीय नेतृत्वको सल्लाहमा नै निशेष गरिएको हो । मुख्यमन्त्रीले हिजो बिहीबार मात्रै पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमानसिंह ,महामन्त्री गगन थापा लगायतका नेताहरुसँग भेट गरेर मन्त्रिमण्डलको लिष्ट तयार पारेका थिए ।
सोही अनुसार आज बिहान मन्त्री बन्नेहरुलाई हेटौडा बोलाइएको थियो । बन्त्री बनेकाहरु सभापति देउवासहित सिंह, थापा निकटका रहेका छन् । आज नियुक्त हुनेहरुमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री उर्मिला केसी रहेका छन् ।
यस्तै यसअघि नियुक्त भएका शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । प्रदेश सरकारका लागि यो गृह मन्त्री हो ।